Date

शनि, कार्तिक २९, २०८२
Sat, November 15, 2025

कतारमा श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार रियाल, नेपालीसहित अन्य आप्रवासी कामदार लाभान्वित

कतारमा श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार रियाल, नेपालीसहित अन्य आप्रवासी कामदार लाभान्वित

काठमाडौं, ९ चैत । नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य मुलुक कतारमा श्रमिकहरुको न्यूनतम पारिश्रमिक एक हजार रियाल (३० हजार रुपैयाँ) पुगेपछि नेपालीसहित अन्य आप्रवासी कामदार लाभान्वित हुने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयले गत छ महिना पहिले नै घोषणा गरेको उक्त पारिश्रमिक शनिवारबाट लागू भएको हो ।

न्यूनतम तलब सुविधा कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याए पनि कतारमा पाँच हजारभन्दा बढी कम्पनीले यसअघि नै न्यूनतम तलब सुविधा कायम गरिसकेको जनाएका छन् । कतारी रोजगारदाता कम्पनीले कतारमा रोजगारीमा रहेका सबै आप्रवासी श्रमिकलाई न्यूनतम तलब एक हजार रियाल र अन्य सेवा सुविधा उपलब्ध गराउनु पर्नेछ ।

नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीहरूले सोहीअनुरूप श्रमिकसँगको रोजगार करारपत्रमा पनि संशोधन गर्नुपर्ने छ । यो व्यवस्थाले हाल कतारमा रहेका साढे चार लाख नेपाली कामदारले पनि लाभ पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *