१५ अर्ब ३३ करोडको ट्रेजरी बिलको बोलकबोल हुँदै
काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले आज (सोमवार) १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन केन्द्रीय बैंक, सार्वजनिक ऋण व्यवस्थापन विभागले विभिन्न तीन किसिमका ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो । दिउँसो ३ बजे बोलकबोल हुने उक्त ट्रेजरी बिल मंगलवारदेखि निष्कासन हुनेछ ।
राष्ट्र बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये ९ अर्ब ३ करोड रुपैयाँ बराबरको टे«जरी बिल ९१ दिने अवधिको रहेको छ । यो २०७८ असार ८ गते परिपक्व हुनेछ ।
यस्तै ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिने अवधिको रहेको छ । २०७८ असोज ५ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७८ चैत ८ गते परिपक्व हुनेछ । उक्त परिमाणको ट्रेजरी बिलको १५ प्रतिशत रकम गैरप्रतिस्पर्धीका लागि छुट्याइएको छ ।
केन्द्रीय बैंकले यसअघि चैत २ गते ६ अर्ब रुपैयाँ बराबरको दुई किसिमको ट्रेजरी बिल निष्कासन गरेको थियो ।