Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

ट्रम्पले आफ्नै सामाजिक संजाल निर्माण गर्ने

ट्रम्पले आफ्नै सामाजिक संजाल निर्माण गर्ने

काठमाडौं, ९ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालमा फर्किने तयारीमा छन् । गत जनवरी ६ तारिखमा उनका समर्थकले अमेरिकी संसद् भवनमा आक्रमण गरेयता ट्रम्पका ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालले उनका अकाउन्ट बन्द गरिदिएका छन्।

हिंसालाई प्रोत्साहन गर्ने खालका पोस्ट गरेको भन्दै ट्विटर, फेसबुक, युट्युबले ट्रम्पलाई आफ्ना प्लेटफर्म प्रयोगमा सधैंका लागि प्रतिबन्ध लगाएका हुन्। अब ३ महिनाभित्र ट्रम्पले आफ्नै सामाजिक सञ्जाल निर्माण गरी सार्वजनिक गर्ने तयारी रहेको उनका एक वरिष्ठ सल्लाहकारले जनाएका छन् । गत वर्ष नोभेम्बरमा सम्पन्न राष्ट्रपति चुन्ने चुनावमा आफूले हारेपछि ट्रम्पले विभिन्न प्रकारले विरोध गरिरहेका थिए। निर्वाचनमा धाँधली भएको भन्दै अदालतमा मुद्दासमेत हालेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *