Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

स्मार्ट लाइसेन्सका लागि आवेदन बढ्यो

स्मार्ट लाइसेन्सका लागि आवेदन बढ्यो

काठमाडौं, १० चैत । देशभरका यातायात व्यवस्था कार्यालयबाट नयाँ स्मार्ट लाइसेन्सका लागि आवेदन बढेको छ । एकैपटक धेरै संख्यामा आवेदन आएकाले यातायात व्यवस्था विभागले माग अनुसार स्मार्ट लाइसेन्स छाप्न सकेको छैन ।

विभागका अनुसार हाल करीब २ लाख ५० हजार स्मार्ट लाइसेन्स छाप्न बाँकी छ । छाप्न बाँकी रहेको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरणको गरेर उक्त संख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको विभागका सूचना प्रविधि निर्देशक पवित्र डंगोललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

कोभिड–१९ को नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै यातायात कार्यालयहरूले सेवा दिएका थिएनन् । गत असारमा कार्यालय खुले पनि बन्दाबन्दी पूरै नखुलेकाले त्यो समयमा धेरै सेवाग्राही कार्यालय जान सकेका थिएनन् ।

सो अवधिमा नवीकरणका लागि केही समय थपिएको थियो । कार्यालयहरुले गत पुस २९ देखि नवीकरण पुनः सञ्चालन गरेपछि एकैपटक धेरै अनुमतिपत्र छाप्नुपर्ने भएको विभागले बताएको छ । विगत वर्षमा धेरै संख्यामा स्मार्ट लाइसेन्स छाप्न बाँकी भए पनि गतवर्ष विभागले बाँकी रहेका सबै छापिसकेको थियो । स्मार्ट लाइसेन्स लागू भएदेखि हालसम्म विभागले २० लाख १९ हजार वटाभन्दा बढी छपाइ गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x