Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

१४ अंकले बढ्यो शेयर बजार, ५ अर्बभन्दा बढीको कारोबार

१४ अंकले बढ्यो शेयर बजार, ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, १० चैत । कारोबारको तेस्रो मंगलवार शेयर बजार झीनो अंकले बढेको छ । अघिल्लो दिन अंकले घटेको नेप्से परिसूचक यस दिन १४.५७ अंकले बढेर २५२८.९५ विन्दुमा पुगेको छ ।

यस दिन ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि थोरै बढेको छ । यो इन्डेक्स ०.०९ अंकले बढेर ४४८.८९ अंकमा पुगेको छ ।

मंगलवार २०८ कम्पनीको १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड १८ लाखभन्दा बढीको कारोबार भएको छ, जुन अघिल्लो दिनको भन्दा कम हो । सोमवार ५ अर्ब ३५ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

यस दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयरमूल्यमा १० प्रतिशत वृद्धि भएर सर्किट लागेको थियो । यस्तै दोस्रोमा चन्द्रागिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयरमूल्य पनि करीब १० प्रतिशत नै बढेको छ ।

मंगलवार पञ्चकन्या माई हाइड्रोका लगानीकर्ता भने सर्वाधिक गुमाउनेमा छन् । कम्पनीको शेयरमूल्य एकैदिन ५.१५ प्रतिशतले घटेको छ । यस्तै सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य ३.६१ प्रतिशतले घटेको छ ।

सर्वाधिक कारोबारमा हुने कम्पनीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । कम्पनीको ५२ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । सर्वाधिक कित्ता शेयर कारोबार पनि यसै कम्पनीको भएको छ । कम्पनीको ९ लाख ७३ हजार भन्दा बढी कित्ता शेयर किनबेच भएको हो । यस्तै दोस्रोमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ३२ करोड ८१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x