Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

सर्वाेत्तम सिमेन्टले आईपीओ निष्कासन नगरी लाभांश निर्धारण गर्नु नियम विपरित

सर्वाेत्तम सिमेन्टले आईपीओ निष्कासन नगरी लाभांश निर्धारण गर्नु नियम विपरित

काठमाडौं, १० चैत । सर्वाेत्तम सिमेन्टले आईपीओ निष्कासन गर्नु अगाबै लाभांश निश्चित गर्नु नियम विपरित भएको बताइएको छ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सर्वाेत्तमको यस्तो घोषणालाई बोर्डले नियालिरहेको बताएका छन् ।

उनका अनुसार धितोपत्र निष्काशन गर्नु अगाबै बोनस शेयर र नगद लाभांश वितरण गर्ने घोषणा गर्नु धितोपत्र नियम विपरित हो । उनले भने, ‘धितोपत्र बोर्डले यो विषयलाई सुक्षम रुपमा हेरेको छ । सामान्य रुपमा आईपीओ जारी गर्नेले यस्तो घोषणा गरे कारबाही हुन्छ । तर, यो आईपीओ पहिलोपटक बुक विल्डिङ्ग विधिबाट निष्कासन हुँदैछ । त्यसैले झट्टै निर्णय गरिहाल्ने अवस्था छैन् ।’
सर्वाेत्तमले चैत २ गते पत्रकार सम्मेलन गरी ३ महिना भित्रै लगानीकर्तालाई १० प्रतिशत बोनश र २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले कुल ६० लाख कित्ता आइपीओ वुक विल्डिङ्ग विधिमार्फत निष्कासन गर्न लागेको छ । जसमध्ये २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी जारी गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *