Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

९० प्रतिशत नागरिकमा खानेपानीको पहुँच

९० प्रतिशत नागरिकमा खानेपानीको पहुँच

काठमाडौं, ११ चैत । नेपालको कुल जनसंख्यामध्ये ९० प्रतिशत नागरिक खानेपानीमा पहुँच पुगेको बताइएको छ । राष्ट्रसंघीय महासभाका अध्यक्षले आयोजना गरेको सन् २०३० कार्यसूचीको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयन सम्बन्धमा उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयले मन्त्री मणिचन्द्र थापाले ९० प्रतिशत नेपाली खानेपानीको र ९९ प्रतिशत नागरिकको आधारभूत सरसफाइ सुविधामा पहुँच पुगेको दाबी गरेका हुन् ।

खानेपानीसम्बन्धी लक्ष्य तथा सूचकहरू गूणस्तरीय स्वास्थ्य, गरिवी निवारण, नवीकरणीय ऊर्जा, शिक्षामा समान पहुँच, लैङ्गिक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशीला भएको उनले बताएका छन् ।

नेपालले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई आधारभूत सेवाका रूपमा प्राथमिकीकरण गरेको, खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा क्षेत्रगत विकास योजनामा एकीकृत गरिएको जानकारी दिँदै उनले जनताको सन् २०३० सम्ममा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी तथा सरसफाइ सेवाहरूमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन भइरहेको बताए ।
विश्वमा दुुई अर्ब २० करोड जनसंख्या सुरक्षित खानेपानीको पहुँचबाट तथा चार अर्ब २० करोड मानिस आधारभूत सरसफाइबाट वञ्चित रहेको उनको भनाइ छ ।

नेपालका उच्च हिमाल पानीका उच्च शिखरका रुपमा रहेका तथा तिनले पर्यावरणीय प्रणालीलाई संरक्षण गरेका बताउँदै त्यसबाट निसृत नदीहरू प्रवाहित हुँदा बनेका जल–सञ्जाल र जलीय प्रणालीले दक्षिण एसियामा बस्ने एक अर्ब ५० करोड मानिसलाई जोडेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *