Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सातामै २३ अर्बले बढ्यो वाणिज्य बैंकको कर्जा प्रवाह, निक्षेपमा पनि उत्साहजनक वृद्धि

सातामै २३ अर्बले बढ्यो वाणिज्य बैंकको कर्जा प्रवाह, निक्षेपमा पनि उत्साहजनक वृद्धि

काठमाडौं, ११ चैत । वाणिज्य बैंकहरूको कर्जा र निक्षेपमा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल बैंकर्स संघद्वारा सोमवार सार्वजनिक तथ्यांकअनुसार १ महिना अवधिमा वाणिज्य बैंकहरुको कर्जा र निक्षेप दुवै उल्लेख्य रुपमा बढेको पाइएको छ ।

संघका अनुसार चैत पहिलो हप्ता २७ वाणिज्य बैंकको कर्जा प्रवाह २३ अर्ब बढेको छ । यससँगै सो अवधिमा कुल कर्जा प्रवाह ३४ खर्ब ३५ अर्ब पुगेको छ । सोही अवधिमा निक्षेप संकलन समेत १४ अर्बले थपिएको छ । यससँगै कुल निक्षेप संकलन ३८ अर्ब ४० अर्ब पुगेको संघको तथ्यांकले देखाएको छ ।

अघिल्लो महिना (फागुन)को चौथो साता वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४ अर्बले बढेको थियो । सो अवधिमा कुल कर्जा प्रवाह.३४ खर्ब १२ अर्ब पुगेको थियो । यसैगरी सो साता निक्षेपमा ३ अर्बले वृद्धि भएर ३८ खर्ब २६ अर्ब पुगेको थियो ।

संघका अनुसार फागुन तेस्रो साता कर्जा प्रवाह २६ अर्बले थपिएर कुल ३३ खर्ब ८८ अर्ब पुग्दा निक्षेप १४ अर्बले बढेर ३८ अर्ब २३ अर्ब रुपैंयाँ संकलन भएको थियो । यस्तै सोही महिनाको दोस्रो साता निक्षेप संकलन थप १० अर्ब र कर्जा प्रवाह २७ अर्बले बढेको थियो ।

यस्तै फागुन पहिलो हप्ता निक्षेप १३ अर्बले थपिँदा ३७ खर्ब ९९ अर्ब पुगेको थियो भने कर्जा प्रवाह १८ अर्बले बढेको थियो । यससँगै सो अवधिमा कुल कर्जा प्रवाह ३३ खर्ब ३५ अर्ब रहको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x