Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

जापानले म्यानमारलाई अब आर्थिक सहायता नदिने

जापानले म्यानमारलाई अब आर्थिक सहायता नदिने

काठमाडौं, १९ चैत । जापानले म्यानमारलाई दिँदै आएको आर्थिक सहायता बन्द गर्ने घोषणा गरेको छ। प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै सहयोग रोकेको बताइएको छ ।

जापान म्यानमारका लागि सबैभन्दा ठूलो दातृ मुलुक हो। संसदमा सम्बोधन गर्दै जापानी विदेश मन्त्री तोसिमिचु मोटेगीले म्यानमारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र भएको भन्दै अब म्यानमारलाई नयाँ सहायता नदिइने बताए ।

हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् नै रहने छ । यसअघि नै अमेरिका, बेलायत र युरोपेली युनियनले विभिन्न किसिमका प्रतिबन्ध घोषणा गरिसकेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *