सिटिजन्स बैंकका ग्राहकलाई होटेल एम्बासडरमा विशेष छुट
काठमाडौं, २२ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लैंनचौर, काठमाडौंस्थित होटेल एम्बासडरबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छूट दिने समझदारी भएको छ । सो सम्मmौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बताइएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर रहेका १६७ वटा शाखा, ११३ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट सेवा प्रदान गर्दै आएको छ । नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकता डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिँदै आएको बैंकले बताएको छ ।