Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने

इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने

काठमाडौं, २२ चैत । इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्न सकिने भएको छ । वैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना भाग्यशाली ग्राहकले एक महिनाका लागि शतप्रतिशत छात्रवृ िपाउनेछन्, जुन छात्रवृत्ति रू. ५ हजारसम्मको हुनेछ ।
यो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हुने कम्पनीले बताएको छ । यस योजना अन्तर्गत जसको शैक्षिक शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले मात्र छात्रवृत्ति प्राप्त गर्ने जानकारी दिइएको छ । हाल मुलुकभरका २ हजार भन्दा धेरै विद्यालयमा इसेवा मार्फत शैक्षिक शुल्क भुक्तानी गर्न सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x