Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शेयर बजारमा नयाँ कीर्तिमान, परिसूचक २६५७ विन्दुमा

शेयर बजारमा नयाँ कीर्तिमान, परिसूचक २६५७ विन्दुमा

काठमाडौं, २२ चैत । आइतबार (आज) नेप्से परिसूचकले नयाँ कीर्तिमान बनाएको छ । आज नेप्से पसूरिचक २५.७१ अंक बढेर २६५७.६१ विन्दुमा रोकिएको हो । फागुन ९ गते २६४० विन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो । तर, आज उक्त कीर्तिमान तोडिएको हो ।

त्यस्तै आज ८ अर्ब ७७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । २१२ कम्पनीको १ करोड ७३ लाख ७ हजार २३८ कित्ता शेयर खरिद विक्री भएको छ ।

सर्वाधिक मूल्यको शेयर कारोबार नेपाल इन्फ्राइस्टक्चर बैंक (निफ्रा)को भएको छ । यो बैंकको ४६ करोड ८१ लाख रुपैयाँको शेयर खरिद विक्री भएको हो । आज निफ्राको शेयर मूल्य ५८१ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा उद्योग समूह रहेको छ । यो समूहको परिसूचक ४.३९ प्रतशितले घटेको छ । त्यस्तै सर्वाधिक परिसूचक वृद्धि निर्जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक ३.९७ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x