Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटललाई

मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटललाई

काठमाडौं, २३ चैत । मुक्तिनाथ विकास बैंकले एक हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने एक अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४÷८५’ निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । डिबेन्चर बिक्री प्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन् ।

एक अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (७५ करोड करोड) व्यक्तिगत तवरमार्फत् र ४० प्रतिशत (५० करोड रुपैयाँ ) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x