शेयर बजार सामान्य अंकले घट्यो
काठमाडौं, २५ चैत । बुधबार (आज) शेयर बजार परिसूचक नेप्सेले घटेर बन्द भएको छ । तीब्र उतारचढावकाबीच बजार २.८५ अंकले घटेर २६७१.६१ विन्दुमा पुगेको छ ।
मंगलबार भने नेप्से १५ अंकले बढेको थियो ।
आज कारोबारमा आएका १३ समूहमा ६ समूहको उपसूचक बढेको छ अरु बाँकी अरु सबै समूहको उपसूचक घटेको छ ।
यस्तै परिसूचकसँगै कारोबार रकम पनि हिजोको तुलनामा केही घटेको छ। २ सय १५ कम्पनीको ७ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो शेयर कारोबार रकम ७ अर्ब ४७ करोड रुपैयाँको थियो ।
सबैभन्दा धेरै शेयर कारोबार नेपाल इन्फ्रास्टक्चर बैंकको भएको छ । बैंकको २७ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै यो दिन सबैभन्दा धेरै कमाउनेमा महिला लघुवित्त वित्तीय संस्थान र सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको अग्रुस्थानमा रैराङ हाइड्रोपावर कम्पनी रहेको छ । महिला सहित ५ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।