१ हजार रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको पनि वृद्धि
काठमाडौं, २६ चैत । बिहीवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन बुधवार प्रतितोला ८८ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज रू. १ हजारले बढेर ८९ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य प्रति अघिल्लो दिनको तुलनामा रू. १ हजार नै बढेर ८८ हजार ५५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस दिन चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ रहेकोमा आज १५ रुपैयाँले बढेर १२ सय ६० कायम भएको छ ।