नबिल बैंकद्वारा नव बर्षको अवसरमा ग्राहकलाई नयाँ अफर
काठमाडौं, २६ चैत । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराजसँगको सहकार्यमा चैत २९ गते देखि बैशाख सात गतेसम्म बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरी १५ सय छुट वा अधिकतम एक हजार क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरी दुई हजार वा अधिकतम १५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने जनाइएको छ।
उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत उक्त अपरको सुदपयोग गर्न सक्ने बैंकले जनाएको छ।
हाल नबिलले एक सय १९ शाखा, एक सय ७५ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत वित्तीय सेवा दिदै आएको छ।