Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

नेप्से सामान्य अंकले बढेर बन्द

नेप्से सामान्य अंकले बढेर बन्द

काठमाडौं, २६ चैत । यो साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले सुधारिएको छ। नेप्से २.७४ अंकले बढेर बन्द भएको छ। सेन्सेटिभ परिसूचक इन्डेक्स भने ०.२८ अंकले घटेको छ ।

बुधबार भने नेप्से २.८५ अंकले घटेको थियो ।

कारोबारमा आएका १३ समूह मध्ये ७ वटा समूहको सूचक बढेको छ, ६ वटाको घटेको छ । कारोबारमा आएका २ सय ७ कम्पनीको ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार यस्तो कारोबार रकम ७ अर्ब १४ करोड रुपैयाँ थियो ।

माथिल्लो तामाकोशी र नेपाल इन्फ्रास्टक्चर बैंकको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । माथिल्लो तामाकोशीको ३६ करोड र इन्फ्रास्टक्चरको २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस्तै यो दिन एनआइसी एसिया लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, ज्योति लाइफ सहित ६ कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दामाथिको बृद्धि छ ।

गुमाउने कम्पनीहरुको सूचीको अग्रस्थानमा भने यूनिभर्सल पावर कम्पनी रहेको छ । यो कम्पनीको शेयर मूल्य ४.४२ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x