Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरी अस्पताललाई क्युआर कोर्ड र पीओएस मेसिन हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरी अस्पताललाई क्युआर कोर्ड र पीओएस मेसिन हस्तान्तरण

काठमाडौं, २६ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्युआर कोर्ड र पीओएस मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त क्युआर कोर्ड र पीओएस मेसिन हस्तान्तरण गरेका हुन् ।

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले अब नगदको सट्टा विद्युतीय भुक्तानीका साधनमार्फत भुक्तानी गर्न सक्नेछन् । कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बोकेर हिड्नु नपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x