Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

व्यवसायीको मागलाई बजेट मार्फत सम्बोधन गरिन्छ : प्रधानमन्त्री ओली

व्यवसायीको मागलाई बजेट मार्फत सम्बोधन गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीहरुका मागलाई आगामी बजेट मार्फत सम्बोधन गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं बार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा उनले कोरोना प्रभावित व्यवसाय पुनरुत्थानका लागि सरकारले विभिन्न प्याकेजहरु ल्याएको भन्दै बाँकी मागहरुलाई पनि आगामी बजेट मार्फत सम्बोधन गर्ने बताए ।

उनले व्यवसायीहरुलाई लगानी बढाई उत्पादन बृद्धि र रोजगारी सृजनामा जोड दिन पनि सुझाव दिए ।

सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीलाई सरकारले थप सहयोगका कार्यक्रमहरु ल्याउनुपर्ने माग गरे । यसका साथै उनले आफ्नो कार्यकालमा चेम्बरमा गरेका कामहरुको जानकारी समेत गराएका थिए ।

चेम्बरको यो साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सर्वसम्मत चुनिएका छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा कमलेश अग्रवाल सहित सबै जना सर्वसम्मत चुनिएकाले आजै घोषणा गरिने जानकारी दिइएको छ ।

बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योग्दान गर्ने व्यक्ति र चेम्बरमा २५ वर्ष काम गरेका कर्मचारीलाई पुरस्कृत समेत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x