Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

शान्तिनगरस्थित तरकारी बजार पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार

शान्तिनगरस्थित तरकारी बजार पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार

काठमाडौं, ३० चैत । कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप ज.ब. राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजुकुमार खत्रीको प्रमुख आतिथ्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायतको उपस्थितिमा सो क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीलाई हस्तान्तरण गरिएको हो ।

कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत क्यूआर भुक्तानीगर्न सकिने डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै आएको छ । ‘यस क्यूआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानीगर्न मिल्ने जस्ता फाइदा छन् । त्यसैगरी, व्यवसायीहरु हरेक दिन विक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्र्नेेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन्,’ बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने ।

क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गइरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्ने बैंकको अपेक्षा छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा सुविधाहरु दिँदै आएकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x