Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वर्ष २०७७ लाई फर्केर हेर्दा

वर्ष २०७७ लाई फर्केर हेर्दा

अर्थको अर्थ टिम
विश्वव्यापी कोरोना महामारी, विभिन्न प्राकृतिक विपत्ति, आर्थिक दुरवस्था लगायत बाधा व्यवधानबाट गुज्रिएर यति बेला हामी नयाँ वर्ष २०७८ मा प्रवेश गरिसकेका छौं । आर्थिक व्यावसायिक गतिविधिदेखि सामान्य जनजीवनसम्म महामारीको प्रभाव गहिरो रह्यो । गतवर्ष चैत ११ देखि सुरु भएको लकडाउनकै बीच नयाँ वर्ष २०७७ को स्वागत गरिएको थियो । २०७७ साउन पहिलो साता लकडाउन खुल्यो । तर मुलुकमा थुप्रै क्रियाकलाप अझै पनि पूर्णरूपमा सुचारु हुन सकेका छैनन् ।

यो वर्ष कोरोनाको त्रास र राजनीतिक खिचातानीमै बित्यो । वैशाख पहिलो साता नै सरकारले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी ग¥यो । चौतर्फी विरोधपछि केही दिनमै उक्त अध्यादेश फिर्ता गरियो । वर्षभरि नै सत्ताधारी दल नेकपाभित्रको विवादले चर्चा पाइनै रह्यो । विवादकै बीच सरकारको सिफारिशमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भयो । सरकारले वैशाखका लागि चुनावको घोषणा ग¥यो । तर सर्वोच्चले फागुन ११ मा विघटनको फैसला बदर गर्दै संसद् पुनःस्थापना गराइदिएको छ ।

यसैबीच, फागुन अन्त्यतिर सर्वोच्चले नेकपाको विवादबारे फैसला गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूताइदियो । अन्ततः पार्टी एकताको करिब तीन वर्षपछि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहाल अलग हुनुप¥यो । त्यसपछि मुलुकको राजनीति झन् तरल बनेको छ । विवादका कारण पछिल्लो समय सत्ता परिवर्तनको खेल समेत शुरु भइसकेको छ ।

यस्तै अर्थमन्त्री डा. युवराज खतिवडा ३२ महिने कार्यकाल पूरा गरेर भदौमा बिदा भए भने नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल जिम्मेवारी पाए । पार्टीभित्रको विवादकै कारण पुस ६ मा माओवादी केन्द्र र माधव कुमार नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा दिए । पुस १० गते ओली सरकारले नयाँ मन्त्रीहरूलाई नियुक्त ग¥यो ।

मन्त्रीबाट बिदा भएका खतिवडाले अमेरिकाको राजदूतमा नियुक्ति पाए । मुख्यसचिवबाट राजीनामा गरेका लोकदर्शन रेग्मीले पनि बेलायतको राजदूत बन्ने मौका पाए । मुख्य सचिवमा भने शंकरदास बैरागी नियुक्त भए ।

यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ कार्यकाल सकिएर बिदा भएपछि नयाँ डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भए । साथै बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवालले नियुक्ति पाए । अध्यक्ष चिरञ्जीवी चापागाइको चारवर्षे कार्यकाल पूरा सकिएपछि माघमा सिलवालाई नियुक्ति दिइएको हो ।

कुलमान घिसिङको कार्यकाल सकिएपछि निकै चर्चामा रहेको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्ने अवसर हितेन्द्रदेव शाक्यले पाए भने लगानी बोर्ड र नेपाल स्टक एक्सचेञ्जको सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पनि क्रमशः इन्जिनियर सुशील भट्ट र पूर्णप्रसाद आचार्य नियुक्त भए ।

निजीक्षेत्रको दुई छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शमा पनि यही वर्ष नेतृत्व परिवर्तन भयो । गत मङ्सिरमा भएको महासंघको साधारणसभाबाट शेखर गोल्छाले महासंघ नेतृत्वको जिम्मेवारी सम्हाले भने वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भए । यस्तै वर्षको अन्तिममा चेम्बरमा सहमतिबाट राजेन्द्र मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरियो ।

बैंकिङ क्षेत्रतर्फ नेपाल डेभलपमेन्ट बैंकर्स संघमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भयो । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्लोबल आईएमई, सन्राइज र एभरेष्ट बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतले जिम्मेवारी सम्हाले । यस्तै महालक्ष्मी र ज्योति विकास बैंकमा पनि नयाँ प्रमुख कार्यकारी अधिकृत आए । इन्स्योरेन्स कम्पनीहरूमा पनि प्रमुख कार्यकारी अधिकृत फेरबदलको चक्र वर्षभरि जारी रह्यो । बैंक मर्जरको हल्ला चले पनि वाणिज्य बैंक र विकास बैंक मर्जरको कुनै सम्झौता भएन ।

यही वर्ष संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोत्र्mयाटिक पार्टीका जो बाइडेन विजयी भए ।

नेपालमै कोभिड परीक्षण शुरू भएको ठीक एक वर्षपछि माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरू भयो, जुन अहिले पनि जारी छ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले यो वर्ष ऐतिहासिक रेकर्ड कायम ग¥यो । लकडाउनपछि खुलेको बजारमा नेप्से परिसूचक २५ सयभन्दा माथि उक्लियो भने कारोबार पनि औसतमा ८ अर्ब रुपैयाँभन्दा बढीको भयो ।

कोरोना महामारी, राजनीतिक उतारचढाव, असारे विकासको प्रवृत्ति लगायत कारणले यस वर्ष बजेट कार्यान्वयन सुस्त रह्यो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालू आवको ९ महिना बित्न लाग्दा विकास लक्षित पूँजीगत खर्च ३० प्रतिशत हाराहारीमा मात्र भएको छ । यस्तै समग्र बजेट खर्च ५० प्रतिशत पुग्न सकेको छैन । बाँकी ३ महिनामा आधाभन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती सरकारसँग छ ।

राजनीतिक दलहरूको खिचातानीकै बीच, यस वर्ष एउटा महत्वपूर्ण उपलब्धि पनि हासिल भयो । वर्षौंदेखि भूमिगत रहेर अवैध क्रियाकलाप गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सरकारसँग तीनबुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आयो । यससँगै सरकारले विप्लव नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ ।

यस वर्ष आर्थिक परिसूचक भने सकारात्मक रहेन । नेपाली इतिहासमै चौथो पटक यो वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक रह्यो । विकास निर्माण र उद्योगधन्दा राम्रोसँग सञ्चालन हुन सकेनन् । त्यसका बाबजुद पनि निर्माणको २ दशकपछि मेलम्चीको पानी अन्ततः यही चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा वितरण शुरू गरियो । खानेपानी मन्त्रालयले उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य पटक–पटक राख्दै आएको थियो ।

यस्तै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, पोखरा क्षेत्रीय र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति पनि राम्रो छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग लगायत थुप्रै आयोजना निर्माण पनि यसै वर्ष शुरु भयो ।

समग्रमा वर्ष २०७७ कोरोनाको त्रास, राजनीतिक खिचातानीले अनिश्चियको वर्ष बन्यो । तर नयाँ वर्ष २०७८ ले कोरोना महामारीलाई जित्दै, राजनीतिक स्थिरतासहित नयाँ उमंग, उत्साह र थालनीको वर्ष बनोस् । नयाँ वर्षको अग्रिम शुभकामना

समग्रमा वर्ष २०७७ कोरोनाको त्रास, राजनीतिक खिचातानीले अनिश्चियको वर्ष बन्यो । तर नयाँ वर्ष २०७८ ले कोरोना महामारीलाई जित्दै, राजनीतिक स्थिरतासहित नयाँ उमंग, उत्साह र थालनीको वर्ष बनोस् । नयाँ वर्षको अग्रिम शुभकामना !

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x