Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

फर्स्ट माइक्रोफाइनान्सले तेस्रो त्रैमासमा ९ करोड ७८ लाख नाफा कमायो

फर्स्ट माइक्रोफाइनान्सले तेस्रो त्रैमासमा ९ करोड ७८ लाख नाफा कमायो

काठमाडौं, ३ बैशाख । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड ७८ लाख रुपैयाँ खुदा नाफा गरेको छ । संस्थाले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधीको भन्दा १२.९४ प्रतिशत बढी हो ।

तेस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी १८ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि १५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कर्जा लागनी पनि गत वर्षको तुलनामा ४८.४९ प्रतिशतले वृद्धि भई ८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा २३ करोड ३५ लाख रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x