Date

शुक्र, मंसिर ५, २०८२
Fri, November 21, 2025

सन्राइज बैंकको ७४ औं शाखारहित बैंकिङ्ग सेवा ताप्लेजुङ्गको फक्ताङलुङमा

सन्राइज  बैंकको ७४ औं शाखारहित बैंकिङ्ग सेवा ताप्लेजुङ्गको फक्ताङलुङमा

काठमाडौं, ३ बैशाख । सन्राइज बैंकले ताप्लेजुङ्गको फक्ताङलुङ गाउँपालिका वडा नं.–३, सिवामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७४ पुगेको छ ।

बैंकले खोलेको सो शाखारहित बैंकिङ्ग सेवाको ब्यवसाय प्रतिनिधिका रुपमा पदम बहादुर बुढाथोकीलार्ई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *