Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

वितरण प्रणालीमा बढ्यो मेलम्चीको पानी, केही दिनमै १७ करोड लिटर पुग्ने

वितरण प्रणालीमा बढ्यो मेलम्चीको पानी, केही दिनमै १७ करोड लिटर पुग्ने

काठमाडौं, ४ वैशाख । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण परिमाण बढेको छ । गत चैत १५ गतेदेखि परीक्षणका वितरण शुरु गरिएको मेचलम्चीको पानी दैनिक १२ करोड २६ लाख लिटर पुगेको हो ।

चैत मसान्तसम्ममा साढे आठ करोड लिटर पानी वितरण भएकोमा वैशाख १ देखि १० करोड लिटर पानी वितरण शुरु गरिएको थियो । शुक्रवारदेखि १२ करोड २६ लाख लिटर पानी वितरणका लागि पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

अबको केही दिनमा १४, १५.५ हुँदै १७ करोड लिटर पानी वितरण गर्ने गरी योजना बनाइएको छ । क्रमशः बढाउँदै लगेर वैशाख ५ गतेसम्ममा मेलम्चीको १७ करोड लिटर पानी सुरुङबाट राजधानी ल्याई वितरण गरिने आयोजनाले बताएको छ ।

हाल सुन्दरीजलका पानी दुवै प्रशोधन केन्द्रबाट प्रशोधन हुन थालेको छ । चैत मसान्तसम्म एउटै प्रशोधन केन्द्र मात्र सञ्चालन गरिएको थियो । वैशाख १ गतेदेखि दुवै प्रशोधन केन्द्र सञ्चालन हुन थालेको हो । सुन्दरीजलबाट नेपाल खानेपानी गुणस्तरको पानी महाङ्काल, बालाजु, लाजिम्पाट पानीपोखरी, अनामनगर ओभरहेड पानीपोखरी, मीनभवन ओभरहेड पानीपोखरी र खुमलटार पानीपोखरीमा पु¥याई वितरण शुरु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x