नेपालगञ्जमा आजदेखि १५ गतेसम्म लकडाउन

बाँके, ८ बैशाख । कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्जमा आज मध्यरातिबाट लक डाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सुचनामा जारी गर्दै आज मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने जानकारी गराएको छ।
कोरोना संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरेको हो । लक डाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक काम बाहेकको हिडडुलमा समेत निषेध गरिएको छ ।