Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एक दिनमै सुनको मूल्य १३०० रुपैयाँ बढ्यो

एक दिनमै सुनको मूल्य १३०० रुपैयाँ बढ्यो

काठमाडौं, ८ वैशाख । स्थानीय बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । हिजो प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ हजार ३०० रुपैयाँ बढेर कारोबार भएको हो । आज सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावि सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । हिजो प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला १० रुपैयाँ वृद्धि भई १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x