Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिईडिबि हाइड्रोपावरले वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने

सिईडिबि हाइड्रोपावरले वैशाख १७ गतेदेखि आईपीओ  निष्कासन गर्ने

काठमाडौं, ८ वैशाख । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि सर्वसाधारणका लागि प्रथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्नेछ।

निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ। सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयरमा सर्वसाधारणले वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x