कोरोना संक्रमण बढेपछि पशुपति मन्दिरमा भक्तजनाको प्रवेशमा रोक
काठमाडौं, १० बैशाख । कोरोना संक्रमण बढेपछि आजदेखि पशुपति मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ। पशुपति क्षेत्र विकास कोषले हिजो एक सूचना जारी गर्दै आजदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाएको हो ।
अर्को व्यवस्था नभएकोसम्मको लागि पशुपति, गुह्येश्वरी लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउनेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ। यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा समेत मागेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यका सहितका शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ।