नेपाल बैंकको ऋणपत्र २२ गतेदेखि बिक्री खुला गरिने

काठमाडौं, १० वैशाख । नेपाल बैंकले आगामी २२ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ। यसमध्ये १४ लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी २१ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट भएको छ। त्यसबाट सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्तामा आवेदन दिन सक्ने बैंकले जनाएको छ।

१० वर्ष अवधिको ऋणपत्रको वार्षिक ब्याजदर ८.५० प्रतिशत तोकिएको छ । त्यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *