Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राष्ट्रिय प्रणालीमा थपिँदै २२.२ मेगावाट विद्युत्

राष्ट्रिय प्रणालीमा थपिँदै २२.२ मेगावाट विद्युत्

सिन्धुपाल्चोक, १० वैशाख । मुलुकको राष्ट्रिय प्रणालीमा २२.२ मेगावाट विद्युत् थपिने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्मित माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन शुरू गरेसँगै राष्ट्रिय प्रणालीमा उक्त परिमाणमा विद्युत् आपूर्ति बढ्ने भएको हो ।

आयोजनाले बिहीवारदेखि व्यावसायिक उत्पादन थालेको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावर कम्पनीले बताएको छ । हिँउद याम भएकाले हाल साढे ३ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको र आउँदो असारदेखि पूर्ण क्षमतामा उत्पादन हुने जानकारी कम्पनीले दिएको छ ।

आयोजनाले वैशाख २ गते केन्द्रीय विद्युत् प्रसारणलाइनमा आफ्नो उत्पादन जोडेको थियो । नेपाल–चीन सीमावर्ती भोटेकाशी गाउँपालिका–४ फुल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको प्राधिकरण स्वामित्वको सुनकोशी जलविद्युत् केन्द्रको सब–स्टेसनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् जोडिएको कम्पनीका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए ।

२०७३ भित्र सक्नेगरी २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको आयोजनामा २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाख १२ को भोटेकोशी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पु¥याउँदा सम्पन्न गर्न ढिलाइ भएको थियो । आयोजनामा सिटिजन्स बैंक लिमिटेडको अगुवाइमा विभिन्न १२ बैंक तथा बित्तिय संस्थाले आयोजनामा ३ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x