Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विदेश जाँनेहरुको कोरोना भाइरस परीक्षणको अनुमति पाँचवटा प्रयोगशालालाई मात्र

विदेश जाँनेहरुको कोरोना भाइरस परीक्षणको अनुमति पाँचवटा प्रयोगशालालाई मात्र

बलराम बुढाथोकी

काठमाडौं, १२ वैशाख । कोरोना भाइरस परीक्षण लागि प्रयाप्त प्रयोगशाला हुँदाहुँदै पनि सरकारले विदेश जाँनेहरुको कोरोना परीक्षणका लागि सिमित प्रयोगशालाई मात्र अनुमति दिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत शुक्रबारदेखि विदेश जानेहरुको कोरोना परीक्षण सरकारी प्रयोगशाला तथा अस्पतालमा आधारित भएका ‘ए’ वर्गका प्रयोगशालाले मात्र गर्न पाउने व्यवस्था गरेको छ। प्रयोगशालाको यो व्यवस्थासँगै एक वर्षदेखि कोरोना भाइरस परीक्षण गर्दै आएका दर्जनौ ल्यावहरुबाट गरिएको परीक्षण विदेश जानेहरुका लागि मान्य हुने छैन् ।

प्रयोगशालाका अनुसार विदेश जानेले ललितपुरको स्टार हस्पिटल र नेपाल मेडिसिटी हस्पिटल, काठमाडौंको मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल र ह्याम्स हस्पिटल तथा भैरहवाको युनिभर्सल केलज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ हस्पिटलमा मात्र कोरोनाा परीक्षण गराउनुपर्ने छ। यसरी निश्चित प्रयोगशालाई परीक्षण गर्न दिँदा त्यहाँ भिडभाँड बढ्ने निश्चित छ । पहिले ५ देखि ६ घण्ट भित्र पीसीआर रिपोर्ट पाइन्थ्यो भने अहिले पीसीआर रिपोर्ट आउँन २४ घण्टाभन्दा बढी समय लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। ह्याम्स हस्पिटलका अनुसार अहिले स्वाव संकलनको दर बढेकाले रिपोर्ट आउँन कति समय लाग्छ त्यसको निश्चित छैन् । ह्याम्स हस्पिटलमा अहिले दैनिक १ हजार ८ सयदेखि २ हजारसम्म स्वाव पीसीआर परीक्षण हुने गरेको जनाइएको छ।

प्रयोगशालाले हालसम्म देशभरीका ८५ वटा निजी ल्यावलाई पीसीआर परीक्षण गर्न स्वीकृति दिएको छ । तर, विदेश जाने प्रयोजनका लागि सिमित ल्याव तोक्नु व्यवहारिक नभएको विज्ञ बताउँछन् । पछिल्लो समय कोरोनाको जोखिम दिन प्रतिदिन बढ्दै गएको अवस्थामा परीक्षणको दायरा बढाउँनु पर्ने आवश्यकता हुँदा हुँदै निश्चित ल्यावहरुलाई परीक्षणको स्वीकृत दिनु आश्चर्य भएको विषय हो । सरकारको यस्तो निर्देशनले अन्य प्रयोगशाला माथि नै सर्वसाधारणको विश्वास घट्न सक्नेछ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासँग सरकारको निर्णय सबैले मान्नुपर्ने भन्दै यसबारे आफूले थप केही नबोल्ने भन्दै पन्छिइन । ‘संक्रमणको दर बढ्दै गएको छ, परीक्षणको दायरा बढाउँनु पर्नेमा किन विदेश जाँनेहरुको कोभिड परीक्षण निश्चित अस्पताललाई मात्र दिएको ?’ भन्ने प्रश्नमा उनले यसको बारेमा आफूले केही नबोल्ने तर, सूचना निकालेर सर्वासाधारणलाई जानकारी गाउँने अर्थको अर्थलाई बताइन् । ‘हामीले कोभिड परीक्षण गर्ने सबै ल्यावहरुलाई पत्र पठाएका हौं । तर, उहाँहरु प्रचारबाजीमा उत्रिनु भएछ । यसको बारेमा म बोल्न चाहान्न सूचना जारी गरेर यसबारेमा स्पष्ट पार्ने छौं ।’ त्यसपश्चात उनले कुनै पनि जवाफ नदिइ फोन सम्पर्क टूग्याइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x