तोकिएको समयमा नै लागनीकर्ताको रकम र शेयर उपलब्ध गराउँन नेप्सेको निर्देशन
काठमाडौं, १३ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकर कम्पनीहरुलाई लगानीकर्ताको रमक र शेयर तोकिएकै समयमा उपलब्ध गराउँन निर्देशन दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेप्सेले शेयर खरिद विक्री पश्चात तोकिएको समयावधिभित्र शेयर तथा रकम सहज ढंगले उपलब्ध गराउँन निर्देशन दिएको हो ।
त्यस्तै लगानीकर्तालाई अनलाइन कारोबारका लागि प्रोत्साहन गर्न पनि ब्रोकरलाई निर्देशन दिइएको छ ।
पछिल्लो समय कोरोना महामारीको दोस्रो लहर व्यापक रुपमा फैलिएको भन्दै नेप्सेले ब्रोकरहरुलाई भौतिक उपस्थिति कम गरेर सेवा दिन पनि भनेको छ । कोभिड सम्बन्धी स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्ड र धितोपत्र बोर्डले दिएका निर्देशनलाई ख्याल गर्दै सेवा दिन नेप्सेको आग्रह छ ।
नेप्सेमा पेस गर्नुपर्ने कागजातहरु मेलबाट पठाउँन र भौतिक उपस्थिति कम गर्न पनि सबै ब्रोकर कम्पनीहरुलाई नेप्सेले आग्रह गरेको छ ।