Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कोभिड संक्रमणबाट निको हुने दर ९१.५ प्रतिशत

कोभिड संक्रमणबाट निको हुने दर ९१.५ प्रतिशत

काठमाडौं, १४ वैशाख । नेपालमा कोरोना संक्रमणबाट निको भएकाको दर ९१ दशमलव पाँच प्रतिशत रहेको छ । हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये पोजेटिभ दर १२ दशमलव पाँच प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा देशभरिमा तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यस्तै ३७८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले पिसिआर प्रविधिबाट १२ हजार ४०० र एन्टिजिन विधिबाट ८९३ गरी जम्मा १३ हजार २९३ को परीक्षण गरेको थियो । हाल होम आइसोलेशनमा २० हजार ५३५ र संस्थागत आइसोलेशनमा एक हजार ८९९ रहेका छन् ।

त्यस्तै, आइसियु २६८ र भेन्टिलेटरमा ७८ रहेका छन् । आजसम्म पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देही रहेका छन् । हाल देशभरका ७७ जिल्लामा नै सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या २४ लाख १७ हजार ४१७ रहेको मन्त्रालयले जनाएको छ । प्रतिदश लाख जनसंख्यामा ८२ हजार ९६७ को परीक्षण भएको छ । हालसम्म देशभरमा गरी जम्मा तीन लाख तीन हजार ५६१ लाई संक्रमण पुष्टि भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x