Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१ खर्ब ८७ अर्बको वैदेशिक सहायता प्रतिबद्धता

१ खर्ब ८७ अर्बको वैदेशिक सहायता प्रतिबद्धता

काठमाडौं, १४ वैशाख । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा सरकारलाई १ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा कुल १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा यो ७१.५ प्रतिशतले बढी हो । गत आवको फागुन मसान्तसम्ममा १ खर्ब ९ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो ।

चालू आवको ८ महिनामा आएको कुल वैदेशिक प्रतिबद्धता रकममध्ये अनुदान सहायता ९.७ प्रतिशत र ऋण सहायता ९०.३ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ । यस्तै सो अवधिमा द्विपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ३.३ प्रतिशत र ९६.७ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार कुल वैदेशिक सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा सबैभन्दा बढी २८.८ प्रतिशत, ऊर्जा क्षेत्रमा २४.६ प्रतिशत र बजेटरी सहायताको रूपमा १२.६ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x