Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कृषि विकास बैंकको नाफा बढ्यो

कृषि विकास बैंकको नाफा बढ्यो

काठमाडौं, १४ वैशाख । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २ अर्ब ४ करोड ४६ लाख खुद नाफा आर्जन गरेको बैंकले थियो । गत वर्षको तुलनामा बैंकको नाफा १.३९ प्रतिशतले वृद्धि भएको हो ।

बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा १८ करोडले बढेको छ । गत आवको यसै अवधिमा १ अर्ब २५ करोड ८८ लाख रुपैयाँ रहेकोमा बढेर १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ४५ अर्ब ३६ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ९४ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशत, सञ्चालन नाफा २.२९, निक्षेप १.२१ र कर्जा लगानी १९.७७ प्रतिशत बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x