Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

७० प्रतिशतले बढ्यो अलैंची निकासी

७० प्रतिशतले बढ्यो अलैंची निकासी

काठमाडौं, १४ वैशाख । मुलुकबाट निर्यात हुने वस्तुको तेस्रो स्थानमा रहेको अलैंची निकासी उत्साहजनक रूपमा बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ९ महिनामा यसको निर्यात गत आर्थिक वर्षको तुलनामा ७० दशमलव १२ प्रतिशतले वृद्धि भएको छ ।

सो अवधिमा नेपालबाट भएको कुल निर्यातको ६ प्रतिशत हिस्सा अलैंचीको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको अलैंची निकासी भएको छ । सो अवधिमा ७१ लाख ७० हजार केजीभन्दा बढी अलैंची विभिन्न मुलुकमा निर्यात भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३४ करोड २९ लाख रुपैयाँभन्दा बढीको ४१ लाख ६१ हजार केजीभन्दा बढी अलैंची निर्यात भएको थियो । गत आर्थिक वर्षमा नेपालबाट अलैंचीको कुल निर्यात भने ४ अर्ब १ करोड ९२ लाख रुपैयाँ बराबरको भएको थियो । नेपालबाट विशेषगरी भारत, पाकिस्तान लगायत मुलुकमा अलैंची निकासी हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x