Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

एनआईबिएल समृद्धि फण्ड–२ को ५४ प्रतिशत इकाइ पहिलो दिनमै विक्री

एनआईबिएल समृद्धि फण्ड–२ को ५४ प्रतिशत इकाइ पहिलो दिनमै विक्री

काठमाडौं, १४ वैशाख । एनआईबिएल एस क्यापिटलले बिक्रीमाल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को इकाइका लागि पहिलो दिनमै उत्साहप्रद रुपमा आवेदन परेको छ । कुल इकाइको ५३.४४ प्रतिशतका लागि आवेदन भइसकेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाइ विक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशतइकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाइ सर्वसाधारणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाइ खरीदका लागि आवेदन दिन छिटोमा वैशाख १६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *