Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्ट प्लाटफर्मको घोषणा

लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्ट प्लाटफर्मको घोषणा

काठमाडौं, १३ वैशाख । लक्ष्मी बैंकले एआइपी बैंकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम एलएक्सबी कनेक्ट नामक एपीआइ डेभलपर्स प्लेटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ । यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् ।

एलएक्सबी कनेक्ट स्यान्डबक्स इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआइसँग सम्बन्धित कार्यसँग एकीकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्ने जानकारी दिइएको छ। बैंकले निम्नबमोजिम खाता व्यवस्थापन, वित्तीय तथा गैर वित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी एपीआइमा पहुँच प्रदान गर्नेछ । जस अन्तर्गत खाता व्यवस्थापनमा खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने, वित्तीयमा हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर लगायत पर्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x