Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

९ महिनामा ३ अर्बभन्दा बढीको चिया निर्यात

९ महिनामा ३ अर्बभन्दा बढीको चिया निर्यात

काठमाडौं, १५ वैशाख । कोरोना महामारीका बीच पनि मुलुकबाट चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा दुई अर्ब ७८ करोड बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा चालू आर्थिक वर्षको ९ महिनाको अवधिमै तीन अर्ब ६ करोड रुपैयाँ बराबरको ९ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आव २०७५÷७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन हुँदा आव २०७६÷७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । गतवर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर परे पनि अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षेति व्यहोर्नु परेन । लकडाउनका बीच पनि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी बोर्डको अग्रसरतामा चिया बगान र उद्योग सञ्चालनमा रहेका थिए । यस समयमा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिएको राससमा उल्लेख छ ।

बोर्डले आज (वैशाख १५ गते) ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ राष्ट्रिय चिया दिवसको २५औं संस्करण मनाउँदै छ । नेपालले धेरै उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी आत्मनिर्भर भएको पनि धेरै भइसकेको छ । स्वदेशमा चिया उपभोग गरी बढी भएको उत्पादन भारतलगायतका तेस्रो मुलुकमा निर्यात भइरहेको छ । नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रतिव्यक्ति भन्दा कम रहेको अनुमान गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x