Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

ग्लोबल आइएमई बैंकको नाफा ३२.४० प्रतिशतले बढ्यो

ग्लोबल आइएमई बैंकको नाफा ३२.४० प्रतिशतले बढ्यो

काठमाडौं, १५ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधीको तुलनमा ३२.४० प्रतिशतले बढी हो । गत वर्ष बैंकले २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालू वर्षको तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ३४२.५४ प्रतिशतदे बढेर २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १४.४३ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड २ लाख रुपैयाँ छ भने सञ्चालन नाफा ३२.७५ प्रतिशतले बढेर ५ अर्ब ३ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

यो अवधीमा बैंकको खराब कर्जा पनि ०.४७ प्रतिशतले बढेर १.६१ प्रतिशत पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x