Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

२० प्रतिशतले बढ्यो एनआईसी एशिया बैंकको नाफा

२० प्रतिशतले बढ्यो एनआईसी एशिया बैंकको नाफा

काठमाडौं, १५ वैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एनआईसी एशिया बैंकको खुद नाफा २०.०७ प्रतिशतले बढेको छ । बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै यस अवधिमा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन भएको जानकारी दिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५२ करोड रुपैयाँ थियो ।
बैंकले २ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेर २ अर्ब ४७ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब १ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६० अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ६ अर्ब ५८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ५२ करोड थियो । यस्तै सञ्चालन मुनाफा ४ अर्ब ३९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६० करोड रहेको थियो ।

कम्पनीको हालसम्मको वितरण योग्य नाफा १ अर्ब २२ करोड रहेको छ । हाल कम्पनीको चुक्तापुँजी ११ अर्ब ५६ करोड रहेको छ । जगेडा कोषमा ७ अर्ब ३९ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब २७ करोड रहेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.७५ प्रतिशतबाट घटेर ०.४७ प्रतिशत रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी रु ३४.६८ बाट बढेर रु ३४.८७ रहेको छ भने नेटवर्थ रु १६२.०३ रहेको छ । साथै मुल्य आम्दानी अनुपात २७।८२ गुणा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x