आइतबार ५४ अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्बभन्दा बढीको शेयर कारोबार
काठमाडौं, १९ वैशाख । आइतबार (आज) शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५४ अंकले वृद्धि भएर २६६५.११ विन्दुमा रोकिएको छ । २२६ कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर ७ अर्ब ३६ करोड रुपैयाँमा खरिद विक्री भएको हो ।
आज सर्वाधिक शेयर मूल्य वृद्धि विशाल बजार कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विशाल बजारको शेयर मूल्य ५ हजार ६०८ रुपैयाँ पुगेको छ भने महिला लघुवित्तको ३ हजनार ४३७ र सिंगटी हाइड्रोपावरको ३९९ रुपैयाँ पुगेको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री एनसीसी बैंक लिमिटेडको भएको छ । यो बैंकको ४२ करोडभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ३६७ रुपैयाँ रहेको छ ।