Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाइ

उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाइ

काठमाडौं, २३ वैशाख । उपत्यकामा आज (बिहीवार)देखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । बुधवारसम्म बिहान–बेलुका नै पसल खुला गरिए पनि आजदेखि अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री विक्री गर्ने मात्र) बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइनेछ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्नेछ ।

कोभिड संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौं उपत्यकामा थप कडाइ गर्दै बिहीवार बिहानैदेखि लागू हुनेगरी आदेश जारी गरिएको काठमाडौं जिल्ला प्रशासनले बताएको छ ।

यसअघि वैशाख १६ देखि २२ गते (बुधवार राति १२ बजे) सम्मका लागि निषेधाको आदेश जारी भएकोमा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहनेछ । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ संक्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x