Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सामान्य अंकले घटेको बजारमा कारोबार रकम बढ्यो

सामान्य अंकले घटेको बजारमा कारोबार रकम बढ्यो

काठमाडौं, २२ वैशाख । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । आज ५.०९ अंकले घटेको बजार २६४९.६० विन्दुमा रोकिएको हो । हिजोको तुलनामा बजार ०.१९ प्रतशितले घटेको छ । तर, कारोबा रकममा भने सुधार देखिएको छ । हिजो ६ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब २१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिजोको तुलनामा १६ करोडले कारोबार रकम बढेको हो ।

२१८ कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर खरिद विक्री भएको छ । रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर २५३ र ४०७ रुपैयाँ कायम भएको छ । त्यस्तै महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर ४ हजार ५७३ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटरको भएको छ । यो कम्पनीको शेयर २३ करोड ६९ लाख रुपैयाँभन्दा बढीको भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ४ वटाको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा उद्योग हाइड्रोपावर, वित्त र फाइनान्स समूह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x