Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बसन्त ऋतुमा पहिलो पटक १२ नेपालीले चढे सगरमाथा

बसन्त ऋतुमा पहिलो पटक १२ नेपालीले चढे सगरमाथा

काठमाडौं,२५ वैशाख । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथाको सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबारसाँझ ६ बजे सफल आरोहण गरेको बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए ।

यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने यी आरोहीहरु पहिलो हुन्। सफल आरोहण गर्नेहरुमा कामरिता शेर्पा, फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निमा टासी शेर्पा, मिंगमा तेन्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोटर शेर्पा, मिंगमा दोर्ची शेर्पा र फुर्बा कुसुङ शेर्पा रहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x