Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निषेधाज्ञाले दूधको उपभोग ६० प्रतिशत घट्यो

निषेधाज्ञाले दूधको उपभोग ६० प्रतिशत घट्यो

काठमाडौं, २५ वैशाख । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले दूग्ध क्षेत्र नराम्ररी प्रभावित भएको छ। डेरी उद्योगीहरुका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएयता दूध र दूग्धजन्य वस्तुको उपभोग ६० प्रतिशत घटेको छ ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालका अनुसार देशभरिबाट दैनिक ३२ लाख लिटर दूध बजारमा जाने गरेपनि अहिले १३ लाख लिटरमा झरेको छ । यो पनि विस्तारै काम हुँदै जाने उनको तर्क छ। बजार नआएको दूध किसानले आफैँ प्रयोग गर्न बाध्य भएका छन् अथवा अन्य ढङ्गबाट त्यसलाई व्यवस्थापन गरिरहेका छन् । त्यसले किसानलाई करोडौ नोक्सानी भएको छ।

गत वर्ष पनि दूध क्षेत्रको बजार प्रभावित भएको थियो । त्यसबाट उठ्न नपाउँदै कोरोनाको दोस्रो लहर सुरु प्रभावित दूग्ध व्यवसाय अब उठ्नै नसक्ने गरी खस्न लागेको महासचिव दाहालले बताए ।

यसअघि डेरी उद्योगीले किसानको सबै दूध खरिद गरेर त्यसलाई एसएनपी (धुलो दूध), बटरलगायत अन्य दुग्ध पदार्थ बनाउँथे तर ती एसएनपी तथा बटर अझै विक्री भएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x