Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ग्लोबल आइएमई बैंकद्वारा चाइल्ड हेल्थलाई १ करोड सहयोग

ग्लोबल आइएमई बैंकद्वारा चाइल्ड हेल्थलाई १ करोड सहयोग

काठमाडौं, २५ वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल अस्पतालको भवन निर्माणका लागि उक्त रकम सहयोग प्रदान गरेको हो ।

शुक्रबार बैंकमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पताल जस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महशुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x