Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआइबिएल समृद्धि फण्ड–२ योजनाको इकाई बाँडफाँड

एनआइबिएल समृद्धि फण्ड–२ योजनाको इकाई बाँडफाँड

काठमाडौं, २४ वैशाख । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल समृद्धि फण्ड–२” योजनाको इकाई बाँडफाँड भएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले शुक्रबार रु.१०अङ्कित दरको १२ करोड इकाईहरु बाँडफाँड गरेको हो ।

उक्त इकाई वैशाख १३ गतेदेखि १६ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो । इकाईमा आवश्यकता भन्दा अधिकको लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ ।

सर्वसाधारणबाट कुल ६७ हजार ७६ आवेदन फाराममार्फत जम्मा १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएको थियो । जसमध्ये ६४ हजार ५१४ आवेदन फाराममार्फत जम्मा १४,५२ लाख ९५ हजार ४०० इकाईका लागि रितपूवक आवेदन प्राप्त भएकोे र कुल २ हजार ५६२ आवेदन फाराममार्फत जम्मा १ करोड १० लाख ८ हजार ५९० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त नभएकोले रद्ध गरिएको क्यापिटलले जनाएको छ ।

योजनाको कुल आकार रु.१ अर्ब ५० करोडको रहेको छ । जसमा २० प्रतिशत बीज पूँजीको रुपमा लगानी गर्नु पर्ने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x