Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शुक्रबार सुनको मूल्य प्रतितोला ११०० रुपैयाँ बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला ११०० रुपैयाँ बढ्यो

काठमाडौं, २४ वैशाख । साताको अन्तिम कारोबार दिन स्थानीय बजारमा सुनको मूल्य १ हजार १०० रुपैयाँ बढेको छ । बिहीबार (हिजो) प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावि सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि वृद्धि भएर कारोबार भइरहेको छ । शुक्रबार चाँदी मूल्य प्रतितोला ३५ रुपैयाँ वृद्धि भएर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँका करोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x