Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कृषिको ४० प्रतिशत बजेट अनुदान केन्द्रित हुने

कृषिको ४० प्रतिशत बजेट अनुदान केन्द्रित हुने

काठमाडौं, २८ वैशाख । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कृषिक्षेत्रको बजेटमा ठूलो कटौती भए पनि अनुदान रकममा भने वृद्धि गरिने भएको छ । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्स (अनाज)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले सो विषयमा जानकारी गराएको राससमा उल्लेख छ ।

आगामी आवका लागि ३६ अर्ब २३ करोडको बजेट विनियोजन हुने भए पनि झन्डै ४० प्रतिशत रकम कृषि अुनदानमा उपलब्ध हुने भएको छ । आगामी आवको सरकारको आम्दानी र खर्चको विवरण (बजेट) जेठको १० गतेभित्र सार्वजनिक गरि सक्नुपर्ने संवैधानिक व्यवस्था छ । गत आवमा कृषि क्षेत्रका लागि ३७ अर्ब ४० करोड २० लाख विनियोजन गरिएको थियो । विनियोजन गरिएको रकम भन्दा आगामी आवका लागि १ अर्ब १७ करोड २० लाख कम हुने भएको छ ।

आगामी महीना प्रस्तुत हुने बजेटमा कृषि क्षेत्रका लागि कुनै नौलो कार्यक्रम नहुने तर अनुदानमा ठुलै हिस्सा विनियोजन हुने सहसचिव सुवेदीले जानकारी दिएका छन् । मन्त्रालयले कुल बजेटको झन्डै २६ प्रतिशत अर्थात् ११ अर्ब युरिया, डीएपी र पोटास मलमा किसानलार्ई अनुदान दिइने भएको छ । नेपालको कृषिमा सबै प्रकारका रासायनिक मल गरी झन्डै ७० लाख मेट्रिकटन आवश्यक पर्छ ।

त्यसैगरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का लागि झन्डै ४ अर्ब प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लागि ३ अर्ब २१ करोड विनियोजन हुने भएको छ । विनियोजन भएको उक्त रकम नेपालभर सञ्चालन भइरहेका जोन, सुपर जोन, पकेट र ब्लकमा खर्च हुन्छ ।

वित्तीय बजेट व्यवस्थापनतर्फ १ अर्ब ६० करोड छुट्याइएको छ । यसबाहेक, स्थानीय तह तथा प्रदेश सरकारका लागि क्रमशः ५ अर्ब ५० करोड र ७ अर्ब ५० करोड रहेको छ । कृषि तथा पशुपक्षी विभागअन्तर्गत ३ अर्बको बजेट छुट्याइएको छ । त्यस्तै बीमातर्फ १ अर्ब र उखु अनुदानमा १ अर्ब छुट्याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x